Subscribe

RSS Feed (xml)

Powered By

Skin Design:
Free Blogger Template

Powered by Blogger

Clcik Here

Home /// Dang Photo /// Article & Literature

Monday, May 10, 2010

प्रधानमन्त्रीद्वारा माओवादीलाई वार्ताका निम्ति पत्र

प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा नगर्ने अडान दोहो-याएका छन्।
उनले आपसी सहमतिका निम्ति माओवादीलाई वार्तामा निम्त्याउँदै आइतबार औपचारिक पत्र पठाएका छन।
सरकार र माओवादीबीच सहमति कायम गराउन सहजकर्ताको भूमिका निर्वाह गरिरहेका उद्योग व्यवसायीहरुको एउटा टोलीसंग कुरा गर्दै प्रधानमन्त्रीले राजीनामा नदिने दोहो-याएका थिए।
‘धम्की’
मुख्य विपक्षी दल एकीकृत माओवादीले उनको राजीनामा माग गर्दै गरेको आमहडताल ६ दिन पछि फिर्ता लिएपछि प्रधानमन्त्रीको राजीनामा संबन्धमा अडकलबाजी भएको थियो।
तर उनले माओवादी 'धम्की'का सामु राजीनामा नदिने बताए।
माओवादीले धम्कीको बलमा सहमतिको कुरा गरेको आरोप लगाउँदै उनले भने, “धम्कीको बलमा सहमति कायम गर्नु भनेको उसको कुरा लादनु हो।”
प्रधानमन्त्रीको राजीनामाको माग गर्दै गरिएको आमहडताल फिर्ता लिएपछि माओवादी अध्यक्ष प्रचण्डले गतिरोध अन्त्त्य गर्न अब बल सरकारको मैदानमा भएको बताएका थिए।

सरकारले दुई दिन भित्र त्यसको सकारात्मक जवाफ नदिए आउँदो जेठ १४ गतेभित्रै उनकै शब्दमा कडा प्रहार गर्ने चेतावनी दिएका थिए।


अडिग


माओवादीले प्रधानमन्त्रीको वार्ताको निम्तोको जवाफ दिइसकेको छैन।

स्थायी समितिको आइतबार भएको लामो बैठक पछि एकजना उपाध्यक्ष नारायण काजी श्रेष्ठले बीबीसीलाई भने, “प्रधानमन्त्रीको पत्रबारे भोली छलफल गरेर जवाफ दिनेछौं।”

उनले बैठकले आउँदो जेठ ११ गतेसम्मका लागि बिभिन्न विरोध कार्यक्रम तय गरेको जानकारी दिए।

दुबै पक्ष आआफ्ना अडानमा अडिग रहेकाले राजनीतिक गतिरोधको तत्काल अन्त्य अने संकेत नदेखिएको विश्लेषकहरुको भनाइ छ।

0 comments:

Post a Comment