प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले राजनीतिमा देखिएको विकृति विसंगतिका कारण सञ्चार क्षेत्रमा तीव्र ध्रुवीकरण देखा परेको बताउनुभएको छ।
रेडियो मध्यपश्चिम दाङको चौथो स्थापना दिवसको अवसरमा शनिबार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजनीतिमा देखिएको ध्रुवीकरणको प्रभावले सञ्चारमाध्यमहरूमा पनि सहमति र जनताका कुराभन्दा द्वन्द्व सिर्जना गर्ने सामग्रीले महत्त्व पाउने गरेको बताउनुभयो।
दलहरू मूल एजेन्डाभन्दा बाहिर गएकाले देशमा राजनीतिक संकट देखा परेको उल्लेख गर्दै अध्यक्ष शर्माले सञ्चारमाध्यमहरूले द्वन्द्व सिर्जना गर्नेभन्दा पनि दलहरूलाई मूल एजेन्डामा फर्काउने सामग्री प्रस्तुत गर्नुपर्ने बताउनुभयो। ‘सञ्चार सलाईको काँटी हो, यसलाई सदुपयोग गर्ने हो भने भात पकाएर जीवन बचाउन सकिन्छ तर दुरूपयोग हुँदा त्यसले घर जलाउन सक्छ’ -उहाँले भन्नुभयो। दलहरू मूल एजेन्डामा आउने हो र नेताहरू इमानदार हुने हो भने सात दिनमा संविधान तयार हुने पनि उहाँले बताउनुभयो।
रेडियो सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी जिल्ला सेक्रेटरी सुवास पुन, कांग्रेस सभापति वीरकेशरी गौतम, एमाले अध्यक्ष लक्ष्मण आचार्य, प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
Home /// Dang Photo /// Article & Literature
Sunday, May 16, 2010
संविधान सात दिनमा बन्न सक्छः अध्यक्ष नारायणप्रसाद शर्मा
Subscribe to:
Post Comments
(Atom)
0 comments:
Post a Comment