चार वर्षदेखि बन्द रहेको राजविराज विमानस्थलमा आइतबारदेखि तारा एयरवेजले विमान सेवा प्रारम्भ गरेको छ। तारा एयरवेजको टि्वनअटर विमानले आइतबारदेखि सेवा प्रारम्भ गरेको हो।
नाइन एन-ए-इ यू विमानमा पहिलो दिनमै क्षमता अनुसारकै संख्यामा यात्रु राजविराजबाट काठमाडौं गएको तारा एयरवेजको राजविराजका शाखा प्रमुख मिथिलेश यादवले जानकारी दिएका छन्। १९ सिट क्षमताको उक्त विमान सेवा सुचारु हुँदा सोही विमानबाट पर्यटन राज्यमन्त्री शत्रुघनप्रसाद सिंह कोइरी, नारगरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपाने, तारा एयरका महाप्रबन्धक विजय श्रेष्ठसमेत राजविराज आएका थिए।
राज्यमन्त्री कोइरीले नेपालकै पुरानो राजविराज विमानस्थललाई स्तर उकास्न निकट भविष्यमै कालोपत्रे गरिने बताए। प्राधिकरणका महानिर्देशक न्यौपानेले ९ सय मिटर ग्राभेल निर्माण कार्य तत्काल शुरु भई राजविराज विमानस्थलमा घेरबेरको लागि टेन्डर सम्झौतासमेत भइसकेको जानकारी दिए।
तारा एयरवेजका महाप्रबन्धक विजय श्रेष्ठले तत्काल सातामा दुई दिन (आइतबार र बिहीबार) सेवा सञ्चालन गर्ने निश्चित भइसकेको बताउँदै आवश्यक परे उडान संख्या बढाइनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्। हाल कायम गरेको प्रतियात्रु ३ हजार ४ सय ५ भाडा दरलाई यात्रुको चाप हेरी पुनः समायोजन गर्न सकिने उनले जानकारी दिएका छन्।
जिविस सप्तरीले गतवर्ष२ करोड तथा प्राधिकरणले यसपालिको बजेटमा २ करोड २५ लाख विमानस्थलको स्तर उकास्न बजेट छुट्याएपछि त्यहाँ धावन मार्ग ग्राभेलको कामसमेत शुरु गरिएको छ। कुल १६ सय मिटर लम्बाइ रहेको विमानस्थल यस वर्ष९ सय मिटर र अगामी आर्थिक वर्षा ७ सय मिटर ग्राभेल गरिने प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठले जानकारी दिएका छन्।
पर्यटन राज्यमन्त्री कोइरीले ग्राभेल कार्य सम्पन्न भएपछि पिचिङसमेत गरिने बताएका छन्। २०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको उक्त विमान स्थलमा धावन मार्ग कच्ची भएका कारण बारम्बार सेवा अवरुद्ध हुँदै आएको थियो।
Home /// Dang Photo /// Article & Literature
Monday, May 10, 2010
Subscribe to:
Post Comments
(Atom)

0 comments:
Post a Comment